Posts

यदि म युवामा भरोसा छ भने सहयोग गर्नुहोस् , म माथि भरोसा छैन भने आफू माथि भरोसा राख्नुस् र सहयोग गर्नुहोस् ।

काठमाडौं को घरबेटी लाई ज्यान भन्दा भाडा ठूलो , सरकारलाई जनता भन्दा धन ठूलो र हामी आम जनतालाई भोक ठूलो ।   आज उठ्न साथ खबर पाए काठमाडौं कृत्तिपुरमा कोठा भाडामा बस्दै आएका शम्भु चौधरी पत्नि मिरा चौधरी सहित ३ सन्तान सहित कोठा सर्ने क्रममा घरबेटीले शम्भु चौधरी को हत्या गरेछन् । मात्र तीन हजार को लागि आज एउटा मानवको ज्यान गएको छ। मधेशी को ठाउँमा अरू कोही भएको भए आज यो देखिँदैन थियो होला तर लकडाउन को बेला धेरै काठमाडौं भाडामा बसोवास गर्ने जनतालाई आर्थिक तनाव मात्र नभएर मानसिक तनाव परीरहेको छ । यो क्रममा सरकारले केही गर्न सकेको छैन । सरकार आफ्नो गोजी भर्न जे पनि गर्दै छ ; पिसिआर टेस्ट किट मा होस् या कर लुट मा होस् सरकार अगाडि छ तर जनता को आर्थिक र मानसिक तनाव कम गर्न एक कदम पनि अघि बढाएका छैनन् ।  काठमडौंमा मात्र होइन देश भरी जनता भोकै छन् ; न त केन्द्रिय सरकारले केही गर्छ न त प्रदेश सरकारले नै केही गर्छ यो क्रममा हामी जनताले सरकार विरुद्ध नयाँ बाटो बाट आन्दोलन गर्नु पर्छ जस्तै कर बहिष्कार , सरकारी भवन अगाडि भोजन वितरण , र अरु अन्य बाटो बाट सरकार को विद्रोह गर्नु पर्छ । हामी युवा एक जुट

Press conference

Image

Flag of AAPN

Image

LOGO OF AAPN

Image